२३ माघ २०८२, बिहीबार

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते

१६ माघ, काठमाडौं ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर अस्पताल पठाएको छ । बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

Post Comment

छुटाउनुभयो कि ?