Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
५७ पटक हेरिएको
Shares
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

सारांश

  • भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ ।
  • राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् ।
  • यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

 

काठमाडौं ।

भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् । यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।

समारोह बिहान १०ः३० बजे सुरु हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गर्नेछन् । परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिनेछ । यस वर्ष पहिलो पटक भारतीय सेनाको ब्याटल एरे फम्र्याट प्रस्तुत गरिनेछ । साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ । ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को सन्देशसहित ३० वटा झाँकीले भारतको सांस्कृतिक सम्पदा र प्रगतिलाई उजागर गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
न्याय परिषद् बैठक आज बस्दै
न्याय परिषद् बैठक आज बस्दै
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
काठमाण्डौ महानगरपालिकाद्वारा सीप मेलाका लागि आवेदन आह्वान
काठमाण्डौ महानगरपालिकाद्वारा सीप मेलाका लागि आवेदन आह्वान