Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
९९ पटक हेरिएको
Shares
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर

सारांश

  • मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ ।
  • अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

६ फागुन, काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ । यस्तै तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य  पौडेलविरुद्ध जनही ६ कराेड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगाे माग दाबी गरेकाे छ ।

यस्तै मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको छ । तामाङमा हाल अध्यागन विभागका महानिर्देशक रहेका छन् । तामाङ विरुद्ध अख्तियारले ११ कराेड ०९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ  बिगाे माग दाबी गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद