Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।
  • यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो ।
  • यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो ।

 

७ माघ, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो । आज (बुधबार) फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ । ‘यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिए । अहिले पुन: आदेश भयो ।

अनि अख्तियारले पनि फाइल पठाइहाल्यो,’विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले अनलाइनखबरसँग भने,’आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।’ उनले यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरी पाइल पठाएको थियो यसैको सुनुवाइका लागि माघ १४ गतेलाई पेसी तोकिएको जानकारी दिए । गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गएको अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालसहितविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा धेरै जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण (कारोबार स्वीकृति)गरेको अख्तियारको दाबी छ । त्यस्तै सोही मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिना मिना भएको अख्तियारको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
शिक्षकहरूका जायज मागहरू सम्बोधन हुनैपर्छ : हर्क साम्पाङ
शिक्षकहरूका जायज मागहरू सम्बोधन हुनैपर्छ : हर्क साम्पाङ
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना
कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृ*त्यु
कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृ*त्यु
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही