Press 4K
बुधबार, १९ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
३७ पटक हेरिएको
Shares
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधि संरचना निर्माणको लागि सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
  • शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसको लागि सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
  • उनले भने, ‘आगामी दिनमा भूकम्प प्रतिरोधि संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लानुपर्ने आवश्यकता छ ।

 

२ माघ, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधि संरचना निर्माणको लागि सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसको लागि सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । उनले भने, ‘आगामी दिनमा भूकम्प प्रतिरोधि संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लानुपर्ने आवश्यकता छ ।

सरकारी निकाय, निजी क्षेत्र, गैर सरकारी संस्था, निर्माण व्यवसायी र समुदायी स्तरमा पूर्व तयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने छ । आवश्यक उपकरणको प्रबन्ध गर्न र अति आवश्यक सामग्रिहरुको भण्डारनलाई प्रभावकारी बनाउन सबै प्रदेश र स्थानिय तहमा आपतकालिन गोदामघरको व्यवस्थापन गर्नुपर्ने छ ।’ भूकम्पबाट सुरक्षित घर, समुदाय एंव राष्ट्र निर्माण सबैको जिम्मेवारी भएको भन्दै उक्त जिम्मेवारी पूरा गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको पनि उनको भनाई छ । यस्तै, उनले नेपाल बाढी, पहिरो, आगजनी, हिमताल बिस्फोट, महामारी लगायतका विपद्बाट हरेक वर्ष प्रभावित हुने गरेको भन्दै इतिहासबाट पाठ सिक्दै आगामी दिनमा यसप्रकारको क्षति न्यूनीकरण गर्ने संकल्पको लागि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको बताए । उनले भने, ‘नेपाल बाढी, पहिरो, आगजनी, डढेलो, चट्याङ, हिमताल बिस्फोट र महामारी लगायतका विपद्बाट हरेक वर्ष प्रभावित हुने गरेको छ । यस अतिरिक्त हामीलाई केही वर्षको अन्तरालमा भूकम्पले झस्काई रहेको छ र जनधनको क्षति गराइरहेको छ । इतिहासबाट पाठ सिक्दैँ आगामी दिनमा यस प्रकारको क्षति न्यूनीकरण गर्ने संकल्प गर्ने उद्देश्यले २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउदैँ आएका छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...