कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

सारांश

  • नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन हुने भएको छ ।
  • भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।
  • प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

१ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वत: निलम्बनमा पर्ने व्यवस्था छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ । बस्नेत २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग