निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

सारांश

  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् ।
  • सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए ।
  • उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि निार्वचन हुन्छ या हुँदैन भन्ने खालको कुराहरु पनि आउँछ ।

२८ पुष, काठमाडौं ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए । उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि निार्वचन हुन्छ या हुँदैन भन्ने खालको कुराहरु पनि आउँछ । तर यो निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएको हुनाले शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत छ । हामीले दजैनौं पटक छलफल गरेको छौं । यहाँहरुले कमी कमजोरी छ कि भन्ने आशंका गर्नुपर्दैन् भनेर सरकार र सुरक्षा निकायबाट आएको छ ।’

त्यस्तै उनले संविधानको रक्षाको प्रयोजनको लागि मुलुक लयमा ल्याउने र सुशासन प्रवाह गर्ने प्रयोजनको लागि निर्वाचनको अर्को विकल्प नरहेको बताए । निर्वाचन तोकिएको समयमा भयावह र धाँदलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागिपरेको उनको भनाई छ । उनले भने ,‘संविधानको रक्षाको प्रयोजनको लागि मुलुकमा लयमा ल्याउने र अनुशासनलाई थोरै लयमा ल्याएर एउटा गतिशिल समाज निर्माण गर्ने र सुशासन प्रवाह गर्ने प्रयोजनको लागि निर्वाचनको अर्को विकल्प थिएन । निर्वाचन तोकिएको समयमा भयावह, धाँधलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने