जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
३० पटक हेरिएको
Shares
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा

सारांश

  • नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको जनाएको छ ।
  • जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न त्यस्तो समझदारी आवश्यक रहेको कांग्रेसको भनाइ छ ।
  • दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा साझा राष्ट्रिय समझदारी निर्माण आवश्यक रहेको उल्लेख गरेका छन् ।

२८ पुस, काठमाडौं ।

नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको जनाएको छ । जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न त्यस्तो समझदारी आवश्यक रहेको कांग्रेसको भनाइ छ । दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा साझा राष्ट्रिय समझदारी निर्माण आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘जेनजी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रुप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य–मान्यताविपरीत नगई रुपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ ।’

कांग्रेसले बहुपक्षीय संवादका लागि आह्वान गरेको छ । ‘नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्दछ । त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ,’ थापाले भनेका छन् ।

उनले प्रतिवेदनमा जेनजी विद्रोहको भूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको उल्लेख गरेका छन् । ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितताको त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख
बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ