कतारले दियो १३ नेपालीलाई आममाफी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कतारले दियो १३ नेपालीलाई आममाफी

सारांश

  • कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् ।
  • कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।
  • परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ ।

१८ पुस, काठमाडौं ।

कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।

उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।

यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना
पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य