सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं

सारांश

  • उज्यालो पार्टी नेपालले विभिन्न पक्षसँग एकताको संवाद भइरहेको भए पनि आफूहरूले निर्वाचनका आवश्यक तयारी पनि सँगसँगै अघि बढाएको बताएको छ ।
  • निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका सो पार्टीका नेता प्रविण तामाङले अस्तित्वसहित आफ्नो पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गरे ।
  • ‘हाम्रो आफ्नो अस्तित्वसहितको हाम्रो पार्टी हो ।

१४ पुस, काठमाडौं ।

उज्यालो पार्टी नेपालले विभिन्न पक्षसँग एकताको संवाद भइरहेको भए पनि आफूहरूले निर्वाचनका आवश्यक तयारी पनि सँगसँगै अघि बढाएको बताएको छ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका सो पार्टीका नेता प्रविण तामाङले अस्तित्वसहित आफ्नो पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गरे । ‘हाम्रो आफ्नो अस्तित्वसहितको हाम्रो पार्टी हो ।

हाम्रो पार्टीको आफ्नै खालको तयारी छ । देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ,’ उनले आयोग परिसरमा सञ्चारकर्मीसँग भने, ‘देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ । आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो ।’ लगत्तै उनलाई ‘एक्लै लड्छ चुनाव अब यो पार्टी ?’ भनेर सञ्चारकर्मीले सोधेका थिए । ‘भोलि के हुन्छ थाहा छैन । तर एक्लैको तयारी हो,’ तामाङले भने । साथै, उनले सहमति र छलफलको कुरा प्रक्रियामा रहेको बताउँदै देशको हितका लागि अघि बढेका शक्तिसँग संवाद भइरहेको बताए । ‘सहमति र छलफलको कुरा आफ्नो प्रक्रियामा छ । अहिले पनि उज्यालो पार्टी नेपाल देश बनाउनका लागि मिलेर जान तयार छ । तर आफ्नो तयारी हामीले अघि बढाएका छौं,’ उनले भने, ‘देशमा भएका मुलुकमा परिवर्तन चाहनेसँग सबैसँग हाम्रो तयारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी र एमालेको केन्द्रीय समितिको  बैठक आजदेखि
माओवादी र एमालेको केन्द्रीय समितिको बैठक आजदेखि
जरिबाना नतिर्ने दलले चुनाव लड्न पाएन
जरिबाना नतिर्ने दलले चुनाव लड्न पाएन
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण
सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते