Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?

सारांश

  • लामो प्रयासपछि रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ ।
  • यो सम्झौतामा लेखिएअनुसार भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सारिने छ ।
  • पार्टी सभापतिमा रवि लामिछाने यथावत रहने छन् ।

 

१३ पुष, काठमाडौं ।

लामो प्रयासपछि रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ । यो सम्झौतामा लेखिएअनुसार भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सारिने छ । पार्टी सभापतिमा रवि लामिछाने यथावत रहने छन् । उनीहरुबीच आज बिहान करिब चार बजेतिर सहमति पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए ।

यसैगरी कुमार बेन, सुदिप ढकाल,  जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि सो कार्यक्रमको साक्षी थिए । सम्झौता पत्रमा हस्ताक्षर पछि रवि र बालेनले अंगालो हालेका थिए । त्यसपछि अन्य सहभागीहरुले सामूहिक फोटो खिचाएका थिए । बालेनसँगको सम्झौतापछि रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?