सर्लाही–४ मा नेकपा बाट अभनिश यादव एकल उम्मेदवार सिफारिस
९ पुष, सर्लाही ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट युवा नेता अभनिश कुमार यादवलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ। बुधबार क्षेत्रमा बसेको नेकपाको क्षेत्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीका अनुसार स्थानीय संगठन सुदृढीकरण, जनसम्पर्क र युवामाझ लोकप्रियताका आधारमा यादवलाई उम्मेदवारका रूपमा अघि सारिएको हो।


यसैगरी, समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूची अनुसार दलित महिलातर्फ अन्जु कुमारी बैठा र राम सखी देवी पासवान, अल्पसंख्यक तथा शहिद परिवारबाट सिता देवी माझी, मधेशी महिलाबाट अनिता देवी यादव र निलम देवी यादव तथा अल्पसंख्यक मधेशी समूहबाट रामबाबु दासको नाम समावेश गरिएको छ। त्यस्तै, बैठकले राष्ट्रिय सभातर्फ दलित समुदायबाट राम सोगारथ महरा र शम्भु पासवान हजारी तथा मधेशी समुदायबाट हरि सहनीको नाम सिफारिस गरेको छ।बैठकले वर्तमान राजनीतिक परिस्थिति, जनताको चाहना र प्रतिनिधित्वको सन्तुलनलाई ध्यानमा राखेर उम्मेदवार सिफारिस गरिएको बताएको छ। पार्टीका नेताहरूले सिफारिस गरिएका सबै उम्मेदवारले जनअपेक्षाअनुसार काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।




Post Comment