कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री

सारांश

  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।
  • नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।
  • शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे ।

२६ माघ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।

नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए । सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाए । माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए । उनीहरु दुवै कांग्रेसका हुन् । वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुन: कार्की
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुन: कार्की
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
सर्लहिया देवीक भूमिमे मलंगऽक बास
सर्लहिया देवीक भूमिमे मलंगऽक बास