२३ माघ २०८२, बिहीबार

नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन

 

सर्लाही ०६, पुष ।

नेपाली कांग्रेस सर्लाहीका जिल्ला उप–सभापति नवीन अधिकारीको आइतबार साँझ काठमाडौंमा निधन भएको छ।

मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौं पुगेका अधिकारी त्यहीँ बस्दै आएका थिए। आइतबार साँझ हृदयघात भएपछि उनलाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन्।

६० वर्षीय अधिकारी बरहथवा नगरपालिका–११, दियरटोलका वासिन्दा हुन् । अधिकारीको श्रीमती र दुई छोरी रहेका छन् ।

अधिकारीको निधनको खबर आउनासाथ जिल्लाभर शोक छाएको छ। स्थानीय राजनीतिमा सक्रिय, मिलनसार र सहज व्यक्तित्वका रूपमा परिचित अधिकारीको असामयिक निधनले नेपाली कांग्रेस सर्लाही र समुदायलाई दुःखी बनाएको छ।

 

Post Comment

छुटाउनुभयो कि ?