२३ माघ २०८२, बिहीबार

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री

 

२ पुस, काठमाडौं ।

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष कार्कीले दिएका हुन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए ।

आयोगको मागअनुसार म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएको अध्यक्ष कार्कीको भनाइ छ । ‘आयोगको म्याद सकिन लाग्यो । काम अझै बाँकी छ । हामी प्रधानमन्त्रीज्यूसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना म्याद थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी २ हप्ता बढी त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिस्ट पठाएन । त्यसकारण काम गर्न ढिलाइ भयो । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु, थपिदिन्छु भन्नुभएको छ,’ अध्यक्ष कार्कीले भने । आयोगको म्याद यही ९ पुसमा सकिँदैछ । कार्यादेशअनुसार बाँकी कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताए ।

Post Comment

छुटाउनुभयो कि ?