रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी

सारांश

  • रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतले मधेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
  • जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चेतावनी दिएका हुन्।
  • मन्त्री परिषद विस्तारको क्रममा सोमबार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई परेको छ।

१ पुस, जनकपुरधाम।

रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतले मधेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ। जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चेतावनी दिएका हुन्। मन्त्री परिषद विस्तारको क्रममा सोमबार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई परेको छ। २१ गते नै विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यसपछि जनमत असन्तुष्ट बनेको हो। यसैलाई लक्षित गर्दै विगमा जनमतबाट सो मात्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको उल्लेख गरेका हुन्। ‘यस आर्थिक वर्षमा हामीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १०औ हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौं। तर भागवन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अल्पत्र पार्नु हो’ उनले समाजिक सञ्जालमा उनले लेखेका छन्।

उनले जनमत पार्टीको उदेश्य बमोजिम सरकार सुनिश्चित नभए पार्टी सरकार छाड्न तयार हुनुपर्ने चेतावनी दिएका हुन्। ‘जनमत पार्टीको उदेश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तैयार हुनु पर्छ’ उनको चेतावनी छ। हालसम्म सातदलीय गठबन्धनमा जसपा र जनातबाहेक एकएक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेको छ। जमतले महत्त्वपूर्ण अर्थ मन्त्रालय लिइसकेको छ । संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा