गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
३९ पटक हेरिएको
Shares
गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट

सारांश

  •   सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
  • विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो ।
  • काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ ।

२९ मंसिर, सर्लाही । 

सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ । आज मात्रै काठमाडौं जानुभएका गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ५०÷६० बिघाकै उखु जलेको बताउनुभयो ।

करिव दुई हजारजति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिव ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् । मेयर यादवले आगलागीबाट करिव ३ करोडको उखु जलेको बताउनुभयो । काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको मेयर यादवको भनाइ छ । आफूले यसबारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र एक÷डेढ महिनापछि उखु हरियो भएर आए किनिदिने अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको मेयर यादवले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताउनुभयो । आज इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको डिएसपी राईको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते