पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३० पटक हेरिएको
Shares
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

सारांश

  •   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।
  • शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन् ।
  • पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्ने बताए ।

२६ मंसिर, काठमाडौं । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन् । पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्ने बताए ।

आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ । त्यस्तै भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने उनी बताउँछन् । उनले भने,‘जतिपनि संगठित गिरोहहरु छन् । तिनीहरुलाई कठोर कारवाही गर्नुपर्छ । यो जालो तोड्नैपर्छ । त्यसमा मेरो अनुभवले काम गर्छ भन्नेमा विश्वास छ । लामो भाषण गरेर भन्दापनि एक्सनमा काम गरेर जनतालाई सुशासनको अनुभूति गराउनुपर्ने छ ।’

उनले आन्दोलनमा जेनजीहरुको पीडा जस्तै प्रहरीहरुको पनि भएको कारण सुरक्षा क्षेत्रको आवाजलाई मन्त्रालयमा लैजान आफू चुनिएको बताए । ‘आन्दोलनमा जुन खालको जेनजीहरुको पीडा छ, उत्तिकै प्रहरीहरुको पनि छ । दुईवटै क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसैले सुरक्षा क्षेत्रको आवाजलाई पनि मन्त्रालयमा कसरी लैजान सकिन्छ भनेर भनेर मलाई छनोट गरिएको हुनसक्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित
आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग