भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ ।
  • अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको हो ।
  • उसले गृह मन्त्रालयको प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय र अन्य कर्मचारीको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।

२५ मंसिर, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ ।अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको हो ।

उसले गृह मन्त्रालयको प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय र अन्य कर्मचारीको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ । साथै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।यी उल्लेख गरिएका मान्छेसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको अस्वभाविक पहल देखिएको, सम्बन्ध देखिएको, कल रेकर्ड डिटेल्स विश्लेषण गर्दा शंकास्पद गतिविधि देखिएको भएको भन्दै अनुसन्धान भइरहेको जनाएको हो । अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा भनिएको छ, ‘देहाय बमोजिमका छुट्टाछुट्टै विषय वारदात, समय र संलग्न प्रतिवादी भएको सम्बन्धमा छुट्टै अनुसन्धान भएको सम्बन्धमा जानकारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्णय
किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्णय
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु
संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा