सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २२, २०८०
|
|
१३० पटक हेरिएको
Shares
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास

सारांश

  • नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
  • काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.
  • ६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् ।

२२ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् । मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । यसभन्दा अगाडि ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा भने ४६ प्रतिशत मात्रै परीक्षार्थी उतीर्ण भएका थिए । परीक्षाको नतिजामा चित्त नबुझे परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।

परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र लिन अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन दिएको मितिले १५ दिन पछि प्रमाण पत्र तयार हुने काउन्सिलले जनाएको छ । दर्ता प्रमाणपत्र लिन आउँदा परीक्षणमा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र संकलन प्रमाणपत्र रुजु गरिने हुनाले प्रमाणपत्र लिनका लागि सम्बन्धित परीक्षार्थी नै उपस्थित हुनुपर्ने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
दरखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
दाङमा चार महिनामा २६३ उद्योग–व्यवसाय बन्द
दाङमा चार महिनामा २६३ उद्योग–व्यवसाय बन्द
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू