अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
२४ मंसिर, काठमाडौं ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुईजनाको हत्या गरेको गम्भीर आरोप लगाइएको छ । योसँगै उनको पद खतरामा परेको छ । यो प्रकरणसँग सम्बन्धित ४० मिनेटको एउटा ‘गोप्य’ भिडियो पनि सार्वजनिक भएको छ । त्यसमा क्यारेबियन सागरमा ड्रोन आक्रमण गरी मानिसको हत्या गरिएको देखाइएको छ । उक्त घटनापछि अमेरिकी संसद् ९कंग्रेस०ले रक्षा मन्त्रालय ९पेन्टागन०माथि दबाब बढाएको छ ।

संसद्ले अमेरिकी आक्रमणको सम्पादन नगरिएको पूरा भिडियो हस्तान्तरण गर्न माग गरेको छ । कंग्रेसले पेन्टागन प्रमुख हेगसेथको यात्रा बजेटको २५ प्रतिशत रोक्ने निर्णय पनि गरेको छ । डेमोर्क्र्याटिक पार्टीका नेताले हेगसेथको राजीनामा मागेका छन् । सोही कारण राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हेगसेथविरुद्ध कारबाही गर्न दबाब बढेको छ । अमेरिकाले डुंगामाथि किन गर्यो आक्रमण रुट्रम्पले देशमा लागुऔषध ९ड्रग्स०विरुद्ध युद्ध घोषणा गरेका छन् । यो अभियानअन्तर्गत भेनेजुएला र अरू दक्षिण अमेरिकी देशहरूबाट ड्रग्स ल्याउने तस्करमाथि कारबाही गरिँदै छ । उनीहरूलाई क्यारेबियन सागरमै निसाना बनाइँदै छ । ट्रम्पले उनीहरूलाई ‘नार्को टेररिस्ट’ भनेर सम्बोधन गर्दै आएका छन् ।

यही कारबाहीअन्तर्गत गएको सेप्टेम्बर २ मा अमेरिकी सेनाले क्यारेबियन सागरमा एउटा डुंगामाथि ड्रोन आक्रमण गरेको थियो । वासिङटन पोस्टको रिपोर्टअनुसार, त्यति बेला हेगसेथले सबैलाई मार्ने आदेश दिएका थिए । उक्त डुंगामा ११ जना सवार थिए । पहिलो ड्रोन आक्रमणमा नौजनाको मृत्यु भयो । दुईजना घाइते भए । दोस्रोपटक पनि ड्रोन आक्रमण गरियो । त्यसक्रममा बाँकी रहेका दुई व्यक्तिको समेत मृत्यु भयो । रक्षा मन्त्रालयको रिपोर्टअनुसार, हालसम्म ‘नार्को टेररिस्ट’विरुद्ध सेनाले यस्ता कुल २१ ड्रोन आक्रमण गरेको छ । त्यसक्रममा ८२ जनाको मृत्यु भएको छ । आक्रमणमा परेकाहरू वास्तवमै ड्रग्स तस्कर थिए भन्ने स्पष्ट प्रमाण भने सार्वजनिक गरिएको छैन । अमेरिकी कंग्रेसको एक समितिले डिसेम्बर २ मा उक्त ड्रोन आक्रमणको पूरा भिडियो अवलोकन गरेको थियो । समितिका सदस्यले यसलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा भयावह दृश्य भएको बताएका छन् । उनीहरूका अनुसार, दुई निहत्था व्यक्ति सहायताको अवस्थामा थिए, तैपनि उनीहरूलाई मारियो ।

भिडियोमा देखिएअनुसार, दुई व्यक्ति बिनासर्ट डुंगाको भाँचिएको भाग समातेर समुद्रमा तैरिरहेका थिए । उनीहरू डुंगालाई सिधा गर्न असमर्थ थिए र हात उठाएर आत्मसमर्पणको संकेत गरेका थिए । यति हुँदाहुँदै दोस्रो आक्रमणको आदेश दिइएको थियो । हेगसेथले प्रारम्भिक बयानमा उक्त आक्रमण प्रत्यक्ष ९लाइभ० हेरिरहेको स्वीकार गरेका थिए । तर, पछि उनले आफ्नो भनाइ परिवर्तन गरे । उनले दोस्रो आक्रमणको निर्णयलाई समर्थन गरे पनि त्यसको आदेश आफैँले दिएको भने अस्वीकार गरेका छन् । उनका अनुसार, अन्तिम आक्रमण एडमिरल फ्र्यांक ब्राडलीको सिफारिसमा गरिएको थियो । ब्राडली डिसेम्बर ४ मा संसद्मा उपस्थित भएका थिए । त्यसक्रममा उनले हेगसेथले डुंगामा सवार सबै मानिसलाई मार्ने आदेश नदिएको जिकिर गरे । संसद्मा उपस्थित हुनुभन्दा पहिला ब्राडलीले दोस्रो आक्रमणअघि कानुनी सल्लाहकारसँग परामर्श गरिएको बताएका थिए । बन्द कोठामा देखाइएको पूरा भिडियोमा डुंगामा कोकिनका झोलाहरू तैरिरहेको रक्षा मन्त्रालयका अधिकारीहरूले दाबी गरेका थिए । उनीहरूले बाँकी रहेका व्यक्तिहरूले डुंगालाई पुनः भेनेजुएला फर्काएर लैजान वा मद्दत बोलाएर फेरि ड्रग्स ओसारपसारको प्रयास गर्न सक्ने बताएका थिए । अमेरिकी कानुनका जानकारका अनुसार, युद्धका नियम स्पष्ट छ । उनीहरूका अनुसार, घाइते, बेहोस वा पानीमा डुबिरहेको अवस्थामा, लडाइँमा सहभागी हुन नसक्ने स्थितिमा आक्रमण गर्नु युद्ध अपराध ठहरिन्छ ।




Post Comment