राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
४० पटक हेरिएको
Shares
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
  • सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएका ेहो ।
  • सर्वोच्चले उनलाई पदबाट हटाउनु पर्ने भनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा पेश गरेको पत्र कार्यान्वयन नगर्न/नगराउन भनी आदेश समेत दिएको छ ।

२३ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएका ेहो । सर्वोच्चले उनलाई पदबाट हटाउनु पर्ने भनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा पेश गरेको पत्र कार्यान्वयन नगर्न/नगराउन भनी आदेश समेत दिएको छ ।

सर्वोच्च अदालतले उनले पद त्याग नगरेको अनि उनलाई गरिएको अनुशासनको कारबाही कानुन अनुकूल रहे/नरहेको भन्नेबारे पछि परीक्षण हुने भन्दै अहिलेलाई पदमुक्त गर्न नमिल्ने आदेश गरेको हो । पार्टीको निर्णय विपरीत मधेश प्रदेशमा एमालेका सरोजकुमार यादव नेतृत्वको अघिल्लो सरकारमा मन्त्री नियुक्त भएको भन्दै बिच्छालाई स्पष्टीकरण सोधेको थियो । मन्त्री पदबाट फिर्ता नभएपछि राप्रपाले बिच्छालाई प्रदेश सांसदबाट पदमुक्त गर्न २७ कात्तिकमा सिफारिस गरेको थियो । संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पद खारेजी विरुद्धको रिटमा मंगलबार सर्वोच्चले दिच्छालाई राहत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह
प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
उपनिर्वाचनको परिणामले गम्भीर भएका छौं ,एमालेले
उपनिर्वाचनको परिणामले गम्भीर भएका छौं ,एमालेले
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट