प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा कुराकानी भएको छ ।
  • माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्‍याउनेबारे छलफल भएको बताए ।

१९ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा कुराकानी भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्‍याउनेबारे छलफल भएको बताए । ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा कुराकानी भयो । खासगरी अहिले यसबारेको विधेयकमा समितिमा छलफल भइरहेको छ । त्यसलाई अलि राम्ररी मिलाएर छिटै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भयो’, प्रचण्डसँगको छलफलपछि अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीका अनुसार एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’ सरकारले संसद्को हिउँदे अधिवेशनमार्फत कानुन बनाएर शान्ति प्रक्रियालाई पूर्णता दिने तयारी गरेको छ । तर एमालेले भने पीडित मैत्री कानुन बनाउनुपर्ने भन्दै विधेयकका केही बुँदामा असहमति राख्दै आएको छ । सरकार सकभर उक्त विधेयक सहमतिमै अघि बढाउने र नभए प्रक्रियाबाट टुङ्ग्याउने तयारीमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै
काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु