मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

सारांश

  • मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।
  • उनलाई प्रदेश प्रमुख डा.
  • सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

१९ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् । काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले  गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट गरेका थिए। उस्तै तीन रिट उपरको सनुवाइ गर्दै सर्वोच्च अदालतले गत मङ्सिर १५ गते २४ घण्टाभित्र तत्कालीन सरकारलाई विश्वासको मत लिन र लिन नसके संविधानको धारा १६८ को दुई बमोजिम अर्को सरकार गठनको लागि परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा
मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा