२४ माघ २०८२, शुक्रबार

मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस

 

१८ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका दलका नेता तथा सांसदहरु नयाँ सरकार गठनका लागि औपचारिक तथा औपचारिक छलफल गरिरहेका छन् । मधेश प्रदेशसभामा आज मध्यान्नदेखि दलहरूको विमर्श जारी छ।

संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बुधबार सदनमा विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए । प्रदेश प्रमुख कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको लागि संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन भएका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेको छ ।

सातलीय गठबन्धन मिलेरै अगाडि बढ्ने प्रयासमा छन् । सातदलीय गठबन्धनमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाबाट निर्वतमान मुख्यमन्त्री सतिश सिंहले दाबी गरिरहेका छन् । दुबै दल पनि आ-आफ्नो नेतृत्वमा दाबी गर्दै छलफल जारी राखेका छन् । तर मधेशमा सभामुख पद रिक्त रहेकाले प्याकेजमै सहमति गर्ने दलहरूको प्रयास छ ।

Post Comment

छुटाउनुभयो कि ?