ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन

सारांश

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् ।
  • बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटावडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए ।
  • उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु  बनाएका छौ ।

१७ मंसिर,काठमाडौं ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटावडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए । उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु  बनाएका छौ ।

ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटा वडाकार्यालय बनायौं । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरै वटा स्कुलहरु बनायौं त्यो सबै पनिअपाङ्गतामैत्री छ ।’ यस्तै, गतवर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक्तिहरुको लागिपाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए । साथै, जलाइएको अपाङ्गतामैत्री गाडीे भन्दा राम्रो प्रविधि भएको अर्को गाडीकिन्नको लागि टेन्डर छापि सकेको र दुई वटा दम्कलको लागि पनि काम अघि बढेको उनको भनाई छ ।

उनले भने, ‘हामीले अपाङ्गतामैत्री गाडी जुन जलाइयो त्यो भन्दा पनि राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको छ । यसको साथै दुई वटा दम्कलको लागि पनि अघि बढेका छौ । यस्तै कार्यमा हामी क्रियाशिल भईरहेका छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?