मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक

सारांश

  •   मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहान प्रदेशसभा बैठक बस्ने भएको छ।
  •   उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्।
  • सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको थियो।

१७ मंसिर, जनकपुरधाम । 

मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहान प्रदेशसभा बैठक बस्ने भएको छ।  उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्। सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको थियो। तर, मुख्यमन्त्री यादवले आफूले समयमै अदालतको पत्र नपाएकाले मंगलबार प्रदेश सभा बैठक बोलाउन नसकेको दाबी गरेका थिए।

त्यसपछि उनले मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफूले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइदिन प्रदेशसभा सचिवालयमा पत्र पठाएको बताएका थिए।  तर, मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा आज बिहान साढे ८ बजे नै बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको उपसभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो