सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सारांश

  • साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ ।
  • सोमबारको बजारमा ४.
  • २८ अंक घटेर २६४५.

१६ मंसिर, काठमाडौं ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।

सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो खरिद बिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको हो । यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ इनर्जीं, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यसदिन ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.८५ प्रतिशतले घटेको छ । त्यस्तै स्ट्यान्र्डड चार्टड बैंकको शेयर मूल्य पनि प्रतिकित्ता ३.८८ प्रतिशतले घटेको छ । यसदिन युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, नाग्दी ग्रुप पावर लिमिटेड र ग्रिन भन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै