नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

सारांश

  • सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।
  • सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.
  • ली.

१५ मंसिर, काठमाडौं ।

सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।

मनाङ्स्थित नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रबद्र्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि. ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण सँग यस अघि नै विद्युत खरिद सम्झौता पिपिए भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक , एन आइ सी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी आर्थिक व्यवस्थापन टुंगिएर आज सोमबार हस्ताक्षर भएको हो ।

नारखोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र बार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवक्सका संरचनाहरु नार्पा भुमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत गृहमा नार्पा भुमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि बिद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ । आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेको जसमा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ जसमा सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । आयोजनाले ३ वर्ष भित्र विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता
बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
विश्वकपको छनोटको तयारी: आज नेपाल कतारसँग भिड्दै
विश्वकपको छनोटको तयारी: आज नेपाल कतारसँग भिड्दै
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने