गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

सारांश

  • रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ ।
  • त्यो पनि एउटा होइन दुई–दुईवटा ।
  • रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईवटा अस्पताल सञ्चालन गरेको छ ।

१५ मंसिर, रामेछाप ।

रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईवटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तिमा अस्पतालहरू सञ्चालनमा छन् ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । त्यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने ५ शैय्याको रहको छ । दुवै अस्पतालको लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्यकर्मीको दरबन्दी दिएको छ । बाँकी सबै जनशक्ति तथा उपकरण गाउँपालिकाले नै व्यवस्थापन गरेर अस्पतालहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए । भौगोलिक हिसाबले विकट उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलका स्थानीयलाई गाउँपालिकाको केन्द्र प्रीति आइपुग्न पनि चार घण्टा लाग्छ । जिल्ला सदरमुकाम मन्थली पुग्न त उनीहरूलाई दिनभरि लाग्छ ।

त्यसैले आधारभूत तहको स्वास्थ्य सेवा गाउँमा नै पाउन सकुन् भनि गाउँपालिकाले दुई ठाउँमा अस्पताल सञ्चालन गरेको हो । गुम्देल, बाम्ति, कुभुकास्थली लगायतका नागरिकलाई लक्षित गरी बाम्तिमा अस्पताल सञ्चालन गरिएको छ । त्यस्तै प्रीतिका दुईवटा वडा तथा गुम्तेश्वर र भूजीका नागरिकलाई लक्षित गरी प्रीतिमा अस्पताल सञ्चालन गरिएको सुनुवारले बताए ।

गाउँपालिकाकै स्रोतबाट दुईवटा अस्पताल सञ्चालन गर्दा निक्कै व्ययभार पर्ने भए पनि नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर दुईवटा अस्पताल सञ्चालन गरिएको सुनुवारले जानकारी दिए । ‘असाध्यै खर्चिलो छ, डाक्टरहरू राख्नै गाह्रो छ, तै पनि नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुरा भएन, अन्य धेरै योजनाहरू कटौती गरेर भए पनि अस्पताल सञ्चालन गरेका छौँ’, सुनुवारले भने । स्थानीय सरकारसँग केही गरौँ भन्ने भावना र नागरिकप्रति उत्तरदायित्व बोध भयो भने स्थानीय तहले नागरिकको हितमा धेरै काम गर्न सक्छ भन्ने उदाहरण उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्र बनेको छ । यसबाट अन्य स्थानीय तहले पनि लोककल्याणकारी राज्य कस्तो हुनुपर्छ भन्ने पाठ सिक्न सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या
कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या
किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?
किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
झापामा ३५ वर्षीय युवकको ह*त्या, २ जना पक्राउ
झापामा ३५ वर्षीय युवकको ह*त्या, २ जना पक्राउ
प्रहरी जवानले आफैँमाथि चलाए गोली
प्रहरी जवानले आफैँमाथि चलाए गोली
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो