एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
७० पटक हेरिएको
Shares
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताएका छन् ।
  • आइतबार आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे ।
  • ‘यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश हो ।

१४ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताएका छन् ।आइतबार आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश हो । राष्ट्रिय गौरव कायम राखेर देश अगाडि बढ्छ भन्ने आशाका साथ अघि बढ्छौं । देशले शान्ति कायम गर्छ,’उनले भने ।

यसैगरी महाधिवेशनमा हुने निर्वाचन प्रक्रियाबारे बोल्दै अध्यक्ष ओलीले मतदान नहोस् वा सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकियोस् भन्ने आशंका बेकार भएको स्पष्ट बताए । उनले एमालेमा खुला प्रतिस्पर्धा सुनिश्चित हुने बताए । ‘महाधिवेशनमा मतदान हुन्छ । कसैले कसैलाई रोक्ने, मतदान हुन नदिने भन्ने कुरा हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ,’ओलीले भने ।

केन्द्रीय कमिटीमा इच्छुक नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन पाउने उल्लेख गर्दै उनले पार्टीका कार्यकर्ता नै सार्वभौम प्रतिनिधि भएकाले रोकथाम वा दबाबका प्रयास सफल नहुने बताए । उनले भने ‘महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने त्यस्तो खालको कुरा हुँदै होइन, रोक्नेसोक्ने कुनै काम हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ । केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुनसक्छ, त्यसमा रोक्न सकिन्नँ । सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
७ सदस्यीय संसदीय छानबिन समिति गठन
७ सदस्यीय संसदीय छानबिन समिति गठन
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृ*त फेला
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृ*त फेला
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी