एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३७ पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौं महाधिवेशन सफलताको शुभकामना दिएकी छन् ।
  • यो महाधिवेशन पार्टीलाई अग्रगतितर्फ अघि बढाउन आगामी पूर्णरूपमा सफल हुने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।
  • एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सामाजिक सन्जालमार्फत् एमालेलाई शुभकामना दिँदै लेखेकी छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु  ।

११ मंसिर, काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौं महाधिवेशन सफलताको शुभकामना दिएकी छन् । यो महाधिवेशन पार्टीलाई अग्रगतितर्फ अघि बढाउन आगामी पूर्णरूपमा सफल हुने विश्वास पनि उनले व्यक्त गरेकी छन् । एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सामाजिक सन्जालमार्फत् एमालेलाई शुभकामना दिँदै लेखेकी छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु  । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’

एमालेको महाधिवेशन यही मंसिर अन्तिम साता काठमाडौं उपत्यकामा आयोजना हुँदैछ । भक्तपुरको सल्लाघारीमा उदघाटन र भृकुटीमण्डपमा बन्दसत्र आयोजना गरिँदै छ । नयाँ नेतृत्वका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक घोषणा गरिसकेका छन् । भण्डारीले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास व्यक्त गरेकी छन् । ‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ,’ उनको विश्वास छ । यो महाधिवेशनमा भण्डारी भने सहभागी हुने छैनन् । एमालेले राष्ट्रपति भइसकेकाले राजनीतिमा आउन नमिल्ने तर्क गर्दै उनको पार्टी सदस्यता खारेज गरेको थियो ।

पार्टीको यो निर्णयलाई उनले अनुचित भनेकी छन् । भौतिक रुपमा महाधिवेशनमा उपस्थित हुन नसके पनि पार्टी परिवारको अभिन्न सदस्यको रुपमा आफू साथमै रहने उनले बताएकी छन् । ‘मैले दुईवर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु,’  भण्डारीको भनाइ छ । महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएको र यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको भन्दै उनले एमालेको महाधिवेशनप्रति शुभेच्छा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने