डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
१ पटक हेरिएको
Shares
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

सारांश

  • ७ मंसिर, काठमाडौं ।
  • प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
  • आइतवार काठमाडौँमा एक कार्यक्रमबीच डा.

७ मंसिर, काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौँमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ । पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?