सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
५९ पटक हेरिएको
Shares
अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव

सारांश

  •   चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् ।
  • बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् ।
  • उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ ।

४ मंसिर, काठमाडौं । 

चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् । बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् । उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ ।

जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ । त्यसमा पनि विभिन्न चरणहरुपनि एक–एक पटक मात्र आउँछ । अहिले जुन उमेर समूहमा हुनुहुन्छ त्यसमा १०÷१५ वर्षपछि त्यो रहन्न । जीवनको उद्देश्य भनेकै यही हो । त्यसैले अनुभवहरुबाट सिकाइ लिन, आफ्नो व्यक्तित्व निर्माण गर्न सकिन्छ ।’ हमालले हाल नेपाल संवेदनशील समयबाट गुज्रिरहेको पनि बताए । उनले सबैलाई आफ्नो राष्ट्र महान लागेपनि हरेक राष्ट्रको आफ्नो हैसियत हुने भन्दै हैसियत अनुसार व्यहार हुनु तितोसत्य रहेको समेत बताए ।

‘आज हामी असाध्यै संवेदनशील समयबाट गुज्रिरहेका छौ । अब हामी कसरी अगाडि जान सक्छौ भन्ने कुरामा डराइरहेका छौ ।  नयाँ तरिकाबाट नै जानुपर्छ ।  तर तितोसत्य के छ भने हामीलाई आफ्नो राष्ट्र महान लागेपनि संसारको परिस्थितीमा हरेक राष्ट्रको आफ्नो हैसियत पनि हुन्छ । त्यो तितोसत्य हो,’उनले थप भने, ‘हामीलाई नेपाल राष्ट्र जतिसुकै महान सुन्दर लागेपनि अन्तर्राष्ट्रिय रुपमा एउटा हैसियत छ । त्यही हैसियत अनुसार आफुले आफुलाई सञ्चालन गर्नुपर्छ ।’ त्यही हैसियत अनुसार सामाजिक, राजनीतिक, आर्थिक परिवेशलाई अगाडि बनाउनु पर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
कानेपोखरीमा डुबेर एक जनाको मृत्यु
कानेपोखरीमा डुबेर एक जनाको मृत्यु
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
सिरहा गोलबजारको एबी मलमा आगजनी
सिरहा गोलबजारको एबी मलमा आगजनी
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध