बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
६२ पटक हेरिएको
Shares
बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार

सारांश

  • भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिने भएका छन् ।
  • विधान सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै उनले साविकको विधान सभा विघटनका लागि सिफारिस गर्ने र नयाँ विधानसभाको कार्यकाल आरम्भका लागि बाटो खोल्न लागेको बताइएको छ ।
  • भारतीय निर्वाचन आयोगले आज बिहारका राज्यपाल समक्ष १८ औँ विधानसभाको निर्वाचन परिणामबारे औपचारिक जानकारी दिने भएको छ ।

३० कात्तिक, पटना ।

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिने भएका छन् । विधान सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै उनले साविकको विधान सभा विघटनका लागि सिफारिस गर्ने र नयाँ विधानसभाको कार्यकाल आरम्भका लागि बाटो खोल्न लागेको बताइएको छ । भारतीय निर्वाचन आयोगले आज बिहारका राज्यपाल समक्ष १८ औँ विधानसभाको निर्वाचन परिणामबारे औपचारिक जानकारी दिने भएको छ ।

सोमबार मुख्यमन्त्री नीतीश कुमारले आफ्नो नेतृत्वको मौजुदा मन्त्रिपरिषदको बैठक राखेर १७ औँ विधानसभा विघटनको सिफारिस गर्ने भएका छन् । त्यस लगत्तै उनले राज्यपाल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाउने छन् । उनको राजीनामापछि नै नयाँ सरकार गठनको बाटो खुल्नेछ । नीतीश कुमारको राजीनामापछि सत्ता गठबन्धन ‘एनडीए’का सबै घटकका सांसद सम्मिलित बैठक आयोजना हुनेछ । उक्त बैठकले एनडीएको नेता चुन्ने छ, जो बिहारको नयाँ मुख्यमन्त्री बन्नेछन् ।

एनडीए सांसदहरूको बैठकले आफ्नो नेता चयन गरेपछि तिनै नेतालाई मुख्यमन्त्री नियुक्त गर्न राज्यपाल समक्ष सिफारिस गरिने जनाइएको छ । निर्वाचन अघि नै एनडीएमा नीतीश कुमारलाई नै मुख्यमन्त्री बनाउने सहमति भइसकेको थियो । त्यसैले नीतीश कुमार नै फेरि मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ ।नयाँ कार्यकालका लागि १९ या २० नोभेम्बरमा मुख्यमन्त्रीको शपथ हुने बताइएको छ । गान्धी मैदानमा शपथ समारोह आयोजनाको तयारीसमेत भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा 
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा 
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २२ जनाको मृत्यु
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २२ जनाको मृत्यु
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित