जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ ।
  • सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ ।
  • यसैगरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्रा.

२८ कात्तिक, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ । सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ । यसैगरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्रा.डा. रामस्वारथ यादवलाई मनोनयन गरेको गरिएको छ ।

सल्लाहकार समिति सदस्यहरुमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साह मनोनीत भएका छन् । पार्टी केन्द्रीय समितिको बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका र पार्टीभित्रै कार्यरत रहेका सदस्यहरुलाई केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनयन गरेको पार्टी प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?