८ चैत्र २०८२, आईतवार

राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार

२६ कात्तिक, काठमाडौं ।

ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा राखिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको सूचीमा चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ । मन्त्री घिसिङसँग छलफल भएको तर केन्द्रीय समितिमा बस्ने विषयमा आफ्नो सहमति नभएको प्रधानले बताए । उनले भने, ‘नयाँ दल आए पुराना दललाई सच्चिन दबाब पर्छ भन्ने हिसाबबाट छलफल भएको हो तर उज्यालो पार्टीमा बस्ने विषयमा मेरो सहमति छैन ।

पार्टी गठन जुन ढंगबाट हुनुपर्थ्यो त्यसरी नभएको र पछिल्लो समय घिसिङको फोन समेत नउठेको प्रधानको गुनासो छ । ‘पार्टी गठनको शुरुवातमै राजनीतिक संस्कार नदेखिए जस्तो लाग्यो,’ प्रधानले टेलिफोनमा भने । उज्यालो नेपाल पार्टीले मंगलबार निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको थियो । सूचीको १० औं नम्बरमा नाम भएकी टासी ल्हान्जोमले पनि पार्टीमा बस्न अस्वीकार गरिसकेकी छन् ।

Post Comment

छुटाउनुभयो कि ?