२३ माघ २०८२, बिहीबार

बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द

२५ कात्तिक,विराटनगर ।

बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् ।

मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । १२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ । नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए । अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

Post Comment

छुटाउनुभयो कि ?