परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३, २०८०
|
|
१११ पटक हेरिएको
Shares
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

सारांश

  • बैठकमा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा तथा पुनरावोलोकन गरिएको थियो।
  • सिकाई परियोजना ले जुलाई देखि डिसेम्बर २०२३ सम्म गरेको काम र उपलब्धिहरुका साथसाथै ६ महिना को खर्च एवं संस्थाका संरक्षण संयोजक समेतको बारेमा निज आर.
  • आर.

हरिपुर्वा नगरपालिकामा अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहको अध्यक्षतामा परियोजना सल्लाहकार समिति को बैठक आज सम्पन्न भएको छ । बैठकमा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा तथा पुनरावोलोकन गरिएको थियो। सिकाई परियोजना ले जुलाई देखि डिसेम्बर २०२३ सम्म गरेको काम र उपलब्धिहरुका साथसाथै ६ महिना को खर्च एवं संस्थाका संरक्षण संयोजक समेतको बारेमा निज आर.आर.पि.के संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले प्रस्तुत गरेका थिए।त्यसै गरि परियोजनाको दिगोपनको लागि गर्नु पर्ने कार्यको बारेमा संस्थाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेलले प्रस्तुत गरेका थिए ।

बिधयालय ब्यबस्थापन समितिका सदस्य अनिता देवी यादवले “सिकाई परियोजनाले शिक्षाक्षेत्र मा उलेखनीय काम गरिरहेको बताइन् साथै यो परियोजना ले बिधयालय मा शैशिक सामग्री देखि भैतिक संरचना सम्मको काममा लगानी गरेको उनले बताइन्”।
हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले सिकाई परियोजनाले गरेको काम को प्रशंसा गर्दै समाबेशी शिक्षा नीति र स्थानीय पाठ्यक्रम पूर्ण रुपमा लागु गराउन को लागि सम्बन्धित शाखा मा छलफल गरिने बताएका थिए।
हरिपुर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहले सिकाई परियोजना संग सहकार्य गरेर काम गर्ने इक्छा भएपनि नगर परिषद नभएको कारण यस्ता कार्य हुन नसकेको तर पनि परियोजनाले हासिल गरेको उपलब्धि हरु लाई निरन्तरता दिन को लागि शिक्षा शाखासंग छलफल गरेर अगाडी बढाउनु पर्ने प्रतिबद्धता गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी