आलमको निधनप्रति रौतहटका दुई पालिकामा शोक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
आलमको निधनप्रति रौतहटका दुई पालिकामा शोक बिदा

सारांश

  • नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति रौतहटका दुई पालिकाले शोक बिदा दिएका छन् ।
  • राजपुर नगरपालिका र परोहा नगरपालिकाले विज्ञप्ती जारी गर्दै शोक बिदा दिएका हुन् ।
  • पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै परोहा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए ।

२३ कात्तिक, रौतहट ।

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति रौतहटका दुई पालिकाले शोक बिदा दिएका छन् । राजपुर नगरपालिका र परोहा नगरपालिकाले विज्ञप्ती जारी गर्दै शोक बिदा दिएका हुन् । पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै परोहा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए । उनका अनुसार अस्पतालको आकस्मिक सेवा बाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने छ । राजपुर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा ‘यस राजपुर नगरपालिकाको नगर प्रमुख डा. मोहम्मद राजीक आलमज्यूको बुवा आदरणीय मोहम्मद अफताब आलमज्यूको असामयिक निधन प्रति नगरपालिका परिवार गहिरो शोक संवेदना व्यक्त गर्दै शोक बिदा दिइएको ब्यहोरा उल्लेख छ ।

’ आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् । यस अघि ईशनाथ नगरपालिकाले शोकमा आज सार्वजनिक बिदा दिएको हो । जिल्लाका तीन स्थानीय तहले आज (आइतबार) शोक बिदा दिएका छन् । काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत    आलमको शनिवार बिहान निधन भएको थियो । आलमको निधनप्रति शोक व्यक्त गर्दै नेपाली काँग्रेसले पनि मंगलबारसम्मका लागि आफ्नो सबै कार्यक्रमहरू स्थगित गर्दै झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस
सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै