बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक २३, २०८२
|
|
१ पटक हेरिएको
Shares
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्

सारांश

  • २३ कात्तिक, काठमाडौं ।
  •   विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
  • आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन् ।

२३ कात्तिक, काठमाडौं । 

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् । आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन् ।सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनिहरुलाई पनि सहभागी हुन आग्रह गरे ।

सुकुम्बासी बस्तीमाथि भइरहेको अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रसाईँले भने, ‘गरिबको घर भत्काउँदाखेरि कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् । सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन ।’ उनले काठमाडौं महानगरलाई सुकुम्बासी बस्तीमा अत्याचार गर्नु अघि बालमन्दिर खाली गर्न चुनौती दिए । प्रसाईँले भने, ‘पहिला बालमन्दिर खाली गर्नुहोस्, त्यसपछि मात्रै सुकुम्बासी बस्तीमा आँखा लगाउनुहोस् । भूमीहिनका घर भत्काउनु भन्दा अगाडि घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरौं ।’ आफू गरिब र उत्पीडित वर्गको पक्षमा रहेको दाबी समेत उनले गरे ।

उनले सुरक्षा दिन सके आफू सुकुम्बासी बस्तीमै बस्न तयार रहेको समेत बताए । प्रसाईँले मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन ‘नेपाल बन्द’ आन्दोलनमा साथ दिन सर्वसाधारणलाई आग्रह गरे । उनले भने, ‘म गरिबको मान्छे हो, दुर्गा प्रसाईँ भनेको लुगा नलागाएको जोगी हो । तपाईंहरूले सुरक्षा दिनुभयो भने म यही सुकुम्बासी बस्तीमै बस्न तयार छु । अब आउने मंसिर ७ गते तपाईंहरूलाई बचाउने मान्छे पूर्वबाट उदाएको छ । म तपाईंहरूको साथमा सडकमा आउन चाहन्छु, तपाईंहरूलाई बचाउन चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ