कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
५१ पटक हेरिएको
Shares
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते

सारांश

  • कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
  • पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
  • जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

२३ कात्तिक, धनगढी ।

कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुर बस्ने ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?