सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
८८ पटक हेरिएको
Shares
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते

सारांश

  • कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
  • पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
  • जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

२३ कात्तिक, धनगढी ।

कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुर बस्ने ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
काठमाडौं आइपुगे शेरबहादुर देउवा
काठमाडौं आइपुगे शेरबहादुर देउवा
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक सम्पन्न
बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक सम्पन्न
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण