प्रतिनिधिसभा निर्वाचन : प्रचार–प्रसार अवधि १४ दिन
२१ कात्तिक, काठमाडौँ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार बनाएको छ । आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो । आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरिएको छ । आयोगका अनुसार निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।





Post Comment