Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२९ पटक हेरिएको
Shares
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त

सारांश

  • निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।
  •   शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको निर्वाचनको तयारी सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको भन्दै त्यसको लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्ने बताए ।
  • उनले भने, ‘अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक हामीसँग अरु विकल्प छैन ।

२१ कात्तिक, काठमाडौं ।

निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।  शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको निर्वाचनको तयारी सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको भन्दै त्यसको लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक हामीसँग अरु विकल्प छैन । निर्वाचनमा जानको लागि के के पूर्वसर्तहरु चाहिन्छ भन्दा सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्यो । दोस्रो स्रोत र साधनको सुनिश्चितता गर्नुपर्यो । निर्वाचनको प्रक्रियामा सहजता छ र निर्वाचन कुनै पनि हालतमा विथोलिँदैन् र कसैले पनि असुरक्षाको भावना बोकेर निर्वाचन स्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ । यस्तै, उनले संविधानभित्र रहेर निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आवधिक निर्वाचनमा पुग्न नसक्ने र निर्वाचन नगरि नहुने अवस्था भएको भन्दै यस्तो अवस्थामा आवधिक निर्वाचन होईन अग्रिम र आकस्मिक निर्वाचन गर्ने निर्णय अनुसार अगाडि बढेको बताए ।

उनले भने, ‘कुनै पनि आन्दोलन भएपछि पुरानो संविधानलाई विस्थापित गर्छ र नयाँ संविधान तर्जुमा गरेर स्थापित हुन्छ र यो अहिलेको आन्दोलनले ७२ सालको नेपालको संविधानलाई विस्थापित गरेको अवस्था होईन । आयोगको बुझाई यस्तो छ । संविधानभित्र पनि रहने र संविधानभित्र रहेर काम गर्दा प्रतिनिधिसभाको मिति घोषणा भइसकेको अवस्थामा, आवधिक निर्वाचनमा पुग्न सकेनौँ, निर्वाचन नगरि नहुने अवस्था भयो, संविधानको धारा र उपधारा पल्टाउने समय पनि भएन त्यसकारण यसलाई हामीले कसरी सम्बोधन गरेका छौँ भने आवधिक निर्वाचन होइन अग्रिम निर्वाचन र आकस्मिक निर्वाचन गर्ने ।’ यो निर्वाचनलाई कसरी सम्पन्न गर्ने भन्ने कुरामा आयोग दत्तचित्त भएर अगाडि बढेको र यसमा सरकारको तर्फबाट पनि प्रतिबद्धता भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृ*त्यु
कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृ*त्यु
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द
अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द