१६ मंसिर २०८२, सोमबार

हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त

२१ कात्तिक, काठमाडौं ।

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपाल र  अफगानिस्तान भिड्ने भएका छन् । हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने खेलमा आज नेपाल र अफगानिस्तान भिड्ने भएका हुन् । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमारहेको नेपालीटोलीमा सन्दीपजोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्। नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्। त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्। यो प्रतियोगिताका हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।

Post Comment

छुटाउनुभयो कि ?