Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतको बिहारमा आज पहिलो चरणको मतदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
भारतको बिहारमा आज पहिलो चरणको मतदान

सारांश

  • भारतको बिहार राज्यमा आज (बिहीबार) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ ।
  • पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो ।
  • भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटना पनि पहिलो चरणमा मतदान हुने क्षेत्रमा पर्दछ ।

२० कात्तिक, काठमाडौं ।

भारतको बिहार राज्यमा आज (बिहीबार) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटना पनि पहिलो चरणमा मतदान हुने क्षेत्रमा पर्दछ । पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवलगायतका ‘हेभिवेट’ हरू प्रतिष्पर्धामा छन् ।

बिहारका बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरण (११ नोभेम्बार) मा मतदान हुने छ । निर्वाचन आयोगले १४ नोभेम्बरमा चुनावको नतिजा घोषणा गर्ने योजना बनाएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधान सभा निर्वाचन अन्तिम चरणमा पुगेको छ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ । ६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् । बिहारमा मुख्य रूपले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच प्रतिष्पर्धा हुने छ । यसपल्ट विधान सभा निर्वाचनमा प्रशान्त किशोरको पार्टी जन सुराजको उपस्थिति चर्चामा छ ।

एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाआवद्ध छन् ।राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) महागठबन्धनमा छन् । एनडीए गठबन्धन वर्तमान सत्तारुढ गठबन्धन हो । यसको नेतृत्व मुख्य रूपमा भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेका छन् । महागठबन्धन विपक्षी गठबन्धन हो । यसको नेतृत्व राष्ट्रिय जनता दलले गर्दैछ । महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गरेको छ । बिहार विधान सभा निर्वाचनका लागि कुल पञ्जीकृत मतदाताको संख्या सात करोड, ४३ लाख ५५ हजार ९७६ रहेको छ । जसमध्ये झण्डै तीन करोड ९२ लाख ७० हजार ८०४ पुरूष र करिब तीन करोड ४९ लाख ८२ हजार ८२८ महिला मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

विहारमा ८५ वर्षभन्दा माथिका चार लाख तीन हजार ९८५ ले कमितमा पनि दोहोर्‍याएर र १४ लाख एक हजार ५० जना १८ देखि १९ वर्षका मतदाताले पहिलोपल्ट मतदान गर्न लागेका छन् । दुई चरणमा सम्पन्न हुने मतदानमा सात लाख २० हजार ७०९ दिव्याङ्ग (अपाङ्गता भएका) र १७ सय बढी तेस्रो लिङ्गी मतदाताहरू निर्वाचनमा सहभागी हुने बताइएको छ । बिहारमा मतदाता नामावलीमा समावेश नभएका नागरिकको संख्या ६५ लाख ६४ हजार ७५ रहेको नवभारत टाइम्सले जनाएको छ । बिहार विधान सभा निर्वाचनमा मुख्य मुद्दाका रूपमा रोजगार, बिहारबाट हुने पलायन, अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बिजुली–सडक–पानी, महिला आरक्षण, लोकप्रिय कल्याणकारी योजनाहरू रहेका छन् । विधान सभा निर्वाचन बिहारको राजनीतिक दिशा तय गर्ने एक उपलब्धि हो । यो निर्वाचनमा प्रमुख दलहरू राष्ट्रिय जनता दल (राजद), जनता दल (युनाइटेड), भारतीय जनता पार्टी (भाजपा), कांग्रेस र अन्य क्षेत्रीय पार्टीहरू आमुने–सामुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट
दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
पानीजहाज विधेयक राष्ट्रियसभामा पेस हुँदै
पानीजहाज विधेयक राष्ट्रियसभामा पेस हुँदै
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक