भारतको बिहारमा आज पहिलो चरणको मतदान
२० कात्तिक, काठमाडौं ।
भारतको बिहार राज्यमा आज (बिहीबार) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटना पनि पहिलो चरणमा मतदान हुने क्षेत्रमा पर्दछ । पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवलगायतका ‘हेभिवेट’ हरू प्रतिष्पर्धामा छन् ।

बिहारका बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरण (११ नोभेम्बार) मा मतदान हुने छ । निर्वाचन आयोगले १४ नोभेम्बरमा चुनावको नतिजा घोषणा गर्ने योजना बनाएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधान सभा निर्वाचन अन्तिम चरणमा पुगेको छ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ । ६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् । बिहारमा मुख्य रूपले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच प्रतिष्पर्धा हुने छ । यसपल्ट विधान सभा निर्वाचनमा प्रशान्त किशोरको पार्टी जन सुराजको उपस्थिति चर्चामा छ ।






Post Comment