प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

सारांश

  • ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज भएको कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
  • गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समेटेको उहाँले बताउनुभयो ।
  • उहाँले गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा पेश गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

२९ असोज , काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको बताउनुभएको छ । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज भएको कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समेटेको उहाँले बताउनुभयो । उहाँले गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा पेश गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न पनि गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेदभा छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल