वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

सारांश

  • उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् ।
  • मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए ।
  • उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ ।

१८ कात्तिक, काठमाडौं ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए ।

उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ । यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्छ । अझै धेरै गर्नुछ । अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ । अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्रयोग हुन्छ जहाँ उर्जा कै प्रयोग हुन्छ ।’ साथै, उनले नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन हुने बताए । उनले भने, ‘चार्जिङ स्टेशनको केही नीतिलाई पुननिर्माण गर्नुपर्ने छ, त्यो नीति मन्त्रालयबाट गई सकेको छ ।

अब अर्को बोर्डबाट हामीले त्यो पास गर्छौहोला । नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु पनि बढ्दै गएको छ । यसको लागि चार्जिङ् स्टेशनहरु एकदमै महत्वपूर्ण हुन्छ । चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन गर्छ ।’ वैकल्पिक उर्जाको रुपमा सोलार पनि बढ्दै गएको भन्दै सोलारलाई प्रमोशन गर्ने हिसाबमा कार्य योजनाहरु बनाएको पनि उनको भनाइ छ । उनले भने, ‘सोलारको कुरामा निजी क्षेत्रलाई पनि सोलारलाई खोलेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले त्यसको कार्ययोजना बनिरहेको छ । सोलारलाई हामी प्रमोशन नै गर्ने हो । यसमा रोक लगाउने काम गर्दैनौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’
‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै
आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्