वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन

सारांश

  • नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् ।
  • माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्न लागेका हुन् ।
  • माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका ८ घटकबीच आइतबार पार्टी एकताको घोषणा भएको थियो ।

१८ कात्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्न लागेका हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका ८ घटकबीच आइतबार पार्टी एकताको घोषणा भएको थियो ।

यही कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् । यस एकता प्रक्रियामा नरहेका माओवादीका असन्तुष्ट नेताहरू जनार्दन शर्मा र राम कार्कीसहित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । शर्माले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् ।

जनार्दनले गरे प्रचण्डसँग बिदाइ भेट

अन्तिम समयमा पनि एकतामा जोड्नका लागि माओवादी अध्यक्ष प्रचण्डले आइतबार जनार्दन शर्मा र सोमबार बिहान घनश्याम भूसाललाई भेटेका थिए । सो भेटमा प्रचण्डले एकतालाई स्वीकार्दै नयाँ पार्टीमै रहन शर्मालाई भनेका थिए । शर्माले भने त्यसलाई नस्वीकार्ने बताएका थिए । भेटमा प्रचण्ड र शर्माले एकअर्कालाई शुभकामना दिएर छुट्टिएको एक नेताले बताए । शर्माले पनि प्रचण्डलाई भेटेर छुट्टिएको पुष्टि गरे । उनले भने, ‘तपाईं अर्को बाटोतिर लाग्नु भयो, म त त्यता लाग्न सक्दिनँ भनेँ ।’ शर्माले भने, ‘अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन । पार्टी बनाउने भनेको झन् भद्रगोल हुनेभयो । यसरी पार्टी आन्दोलन बन्दैन । अब तपाईं एकातिर लागेपछि म तपाईंको पछिपछि लाग्दैन भनेको छु ।’ शर्मा अब माओवादी विरासत कायम राख्दै वाम–प्रगतिशील ध्रुवीकरण अभियान सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह
प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह
तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई
तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा