स्वास्थ्य मन्त्रालय सिहंदरबारमा सारिँदै
१७ कात्तिक, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार परिसरभित्र सर्ने भएको छ । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा रामशाहपथस्थित भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम भइरहेको छ । अब सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गणको खाली जग्गा र भवनमा स्थानान्तरण हुने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले उक्त क्षेत्र प्रयोग गर्न अनुमति दिइसकेको छ । आवश्यक पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ । ‘सेनाको नरसिंह दल गण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै सरेपछि खाली भएको जग्गा र भवन स्वास्थ्य मन्त्रालयका लागि छुट्याइएको हो,’ डा. बुढाथोकीले भने । यो क्षेत्र सर्वोच्च अदालतको नयाँ भवनको ठीक पछाडिपट्टी पर्छ । माइतीघरबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदा अन्नपूर्ण न्यूरो अस्पतालभन्दा केही मिटर अगाडि, बबरमहल रिभिजिटेडको सामुन्ने नरसिंह दलको गेट रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा मन्त्रालयका लागि ६ वटा प्रिफ्याब्रिकेटेड (प्रिफ्याब) भवन निर्माण भइरहेको छ । ‘खाली जग्गामा यी अस्थायी संरचना बनिरहेका छन्,’ डा. बुढाथोकीले भने, ‘सेनाका पुराना भवनलाई मर्मत, डेन्टिङ, पेन्टिङ र कार्पेटिङ गरेर प्रयोगयोग्य बनाउने काम पनि भइरहेको छ ।’ उनका अनुसार यी संरचना अस्थायी प्रकृतिका हुन् । स्थायी भवनका लागि सिंहदरबारभित्रै अन्य विकल्प खोजी भइरहेको छ । ‘हामीले नयाँ भवन बनाउने होइन, अस्थायी व्यवस्थापन गर्दैछौँ,’ उनले प्रस्ट पारे ।
मंसिर पहिलो सातादेखि काम सुरु



Post Comment